खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्छाैँ : ​​​​​​​खेलकुदमन्त्री लामा

२०७७ पुस १२ आइतबार, काठमाडाैं । प्रतिनिधि सभा विघटन पछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शुक्रबार मन्त्रिमण्डल विस्तार भएसँगै सोही दिन सपथ खाएका लामाले आइतबार मात्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गरेपछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य थिए । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका थिए । पूर्व मन्त्री विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए । नवनियुक्त मन्त्री लामालाई स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले मन्त्रालयले गरेका र गर्ने क्रममा रहेका गतिविधिबारेमा नवनियुक्त मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार