कञ्चनपुरकाे नेकपा पार्टी कार्यालयमा ओली, नेपाल-प्रचण्ड पक्षबीच झडप

२०७७ पुस १२ आइतबार, कञ्चनपुर । कञ्चनपुरस्थित नेकपा पार्टी कार्यालयमा झडप भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल-पुष्पकमल दाहाल प्रचण्ड पक्षबीच झडप भएकाे हाे ।

कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी चलिरहेकेा थियाे । नेता भीम रावल पनि उपस्थित हुँदै थिए । ओली पक्षका नेता/कार्यकर्ताले कार्यक्रम राेक्न खाेज्दै तालाबन्दी गरेपछि झडपकाे स्थिति सिर्जना भएकाे हाे । अहिले ठुलाे संख्या सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले सर्वत्र नेकपा दुई समूहमा विभाजन भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलहरुले प्रदर्शन गरिरहेका छन् । दाहाल-नेपाल पक्ष पनि दुई दिनअघि सडकमा उत्रिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार