नेकपा विप्लवले भन्यो- ‘सुरक्षा निकायप्रति आक्रमणको नीति छैन’

२०७७ पुस १३ साेमबार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संखुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा दोहोरो भीडन्त नभएको दावी गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको भनिएको दोहोरो भीडन्त नभएको दावी गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा प्रहरी पुगेर घरपरिवारमाथि कुटपिट गरेको आरोप लगाइएको छ । ‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ- ‘हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्छ ।’

अहिले विप्लवको या पार्टीले सुरक्षा निकायप्रति आक्रमणको नीति नलिएको पनि उल्लेख गरिएको छ । ‘सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितीलाई उकास्ने, उत्तेजित बनाउने र दमन गर्ने राज्यले नीति कायम राखेमा शसक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ -विज्ञप्तिमा अगाडि भनिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार