प्रचण्डलाई भेट्न खुमलटार पुग्यो चिनियाँ टोली

२०७७ पुस १३ साेमबार, काठमाडौं । चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त भएको छ । कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेको हो ।

अहिले येझाउ र प्रचण्डबीच भेटवार्ता भइरहेको छ । जारी भेटवार्ता संसद विघटन, नेकपा विभाजनलगायत विषयमा केन्द्रित रहेको खुमलटार स्रोतले जनाएको छ । उक्त टोलीले प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ ।

यसअघि आइतबार राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले भेटवार्ता गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार