थपिए ६ सय ५९ जना कोरोना संक्रमित, ७ सय १८ डिस्चार्ज, ७ जनाको मृत्यु

२०७७ पुस १३ साेमबार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ भने ७ सय १८ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ५० हजार ५८१ जना रहेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ६ हजार ४२७ जना रहेको छ । यस्तै हालसम्म कुल १८ सय ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार