वीपी प्रतिष्ठानको होस्टलमा तोडफोड, २ जना पक्राउ

२०७७ पुस १३ साेमबार, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे होस्टलमा साथी लिएर प्रवेश गरेका एक इन्टर्न विद्यार्थीले गुण्डागर्दी शैलीमा तोडाफोड र झै- झगडा गरेका छन् ।

आइतबार राती ११ बजे प्रतिष्ठानको छात्रवास ९१ नं. (ब्वाइज होस्टेल) मा विराटनगर महानगरपालिका वडा नं. १३ घर भई सोही प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत २६ वर्षीय विद्यार्थी रोशन यादव र जिल्ला सप्तरी त्रिकोल गा.पा. वडा नं. ४ बस्ने २७  वर्षीय केशव यादवले मादक पदार्थ सेवन गरेर आई तोडफोड गरी ढोका तथा झ्यालको सिसाहरु फुटाई क्षति पुर्याएका हुन् ।

मादक पदार्थ सेवन गरेका यादवले सप्तरी भारदहका साथी केशव यादवलाई पनि अवैध रुपमा होस्टलमा प्रवेश गराएका थिए भने साेही क्रममा उनका साथीहरूबीच विवाद भएपछि ताेडफाेड भएकाे हाे ।

प्रतिष्ठानभित्रको होस्टलमा त्यहाँ अध्ययनरत विद्यार्थी बाहेक अन्य व्यक्तिहरु प्रवेश गर्न पाइँदैन । यादवले आफ्ना साथीलाई कसरी प्रवेश गराए भनेर सुरक्षा प्रशासनले पनि छानबिन गर्ने र गार्डलाई कारबाही गर्ने प्रतिष्ठानको होस्टल प्रशासनले जनाएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष शिबेन्द्र झाका अनुसार उनीहरुले होस्टलको मेन ढोकाबाट प्रवेश गरेपछिको करिडोरका सिसाहरु फुटाएका छन् । उनीहरूमाथि कारवाही गरिने उनले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार