२०७७ पुस १३ साेमबार, काठमाडौं । इटालियन क्लब युभेन्टस्का पोेर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तर्गतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन् ।
रोनाल्डोले अर्जेन्टिनी लियोनेल मेसी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत् मत पाएका थिए । मेसीले २४ प्रतिशत्, सलाहले २३ प्रतिशत् र रोनाल्डिन्होले १४ प्रतिशत् मात्र मत प्राप्त गरेका थिए ।
दुवर्ईमा गएराति भएको अवार्ड समारोहमा रोनाल्डोलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको हो ।
यस्तै, प्रशिक्षण करियरमा उत्कृष्ट सफलता हात पारेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ‘कोच अफ दि सेन्चुरी’ घोषित भएका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’