नेप्सेमा ५ ओटा कम्पनीको मूल्य समायोजन

२०७७ पुस १४ मङ्गलबार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार ५ ओटा कम्पनीहरुको मूल्य समायोजन गरेको छ । नेप्सेले नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले नागरिक लगानी कोषको ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. २ हजार ७८४ तोकेको छ । नेप्सले सोमवार कायम शेयरमूल्य रू. ५ हजार ८ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले पुस २८ गतेदेखि माघ १९ गतेसम्म चुक्तापूँजीको ८२ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ  । सोही प्रयोजनको लागि कम्पनीले मंगलवार बुकक्लोज गरेको हो ।

त्यसैगरी, नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य रू. ५६१ तेकेको छ । सोमवार कम्पनीको शेयर प्रतिकित्ता रू. ६३९ अन्तिम कारोबार भएको थियो ।

कम्पनीले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्न पुस २८ गते साधारण सभा बोलाएको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पछि नेप्सेले शेयरमूल्य रू. २०४ निर्धारण गरेको छ । कम्पनीको गत कारोबारको दिन रू. २१८ मा अन्तिम कारोबार भएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा गर्ने भएको छ ।

नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरी प्रतिकित्ता शेयरमूल्य रू. ३३७ तोकेको छ । नेप्सेले सोमवार कायम अन्तिम शेयरमूल्य रू. ३८७ को आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्ने भएको छ ।

त्यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि प्रतिकित्ता शेयरमूल्य रू. ९८४ कायम भएको छ । कम्पनीको सोमवार कायम शेयरमूल्य रू. १ हजार १७१ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ ।

नागरिक लगानी कोषले हकप्रद र अन्य कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार