आगामी शुक्रबार राप्रपाले आन्दोलन गर्ने

२०७७ पुस १४ मङ्गलबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलनकाे घाेषणा गरेकाे छ । पुस १७ गते राप्रपाले आन्दोलन गर्ने निर्णय गरेकाे हाे ।

देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलन गर्न लागिएकाे राप्रपाले जनाएकाे छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले साे निर्णय गरेकाे हाे ।

हिन्दु राष्ट्र र राजासहित प्रजातन्त्र पुनर्स्थापनाकाे मागसहित प्रदर्शन उत्रिन लागेकाे पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार