७ सय ८ जना कोरोना संक्रमित थपिए, ७ सय ३१ डिस्चार्ज, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ भने ७ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ जना रहेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ६ हजार ३९६ जना रहेको छ । यस्तै हालसम्म कुल १८ सय ४० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार