एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

२०७७ पुस १४ मङ्गलबार, काठमाडौं । धनुषा जिल्लाको नगराईन नगरपालिका २ जटही स्थित सीमा ईलाकाबाट पौष १३ गते एपीएफ टोलीले ७ लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने ५८ वर्षिया पुष्पदेवी ठाकुर र २९ वर्षिय अजितकुमार ठाकुर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार