कोरोनाबाट ५३ हजार बढीको मृत्यु

२०७७ असार ११ बिहीबार , एजेन्सी । बुधबार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको छ । दैनिक कम्तीमा पनि एक हजार जनाको यस प्रकोपबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ ।

बुधबार मात्र १ हजार १८५ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी गएको २४ घण्टा यता मात्र ४२ हजार ७२५ जना नयाँ संक्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँका नयाँ संक्रमितको संख्या ११ लाख नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिए अनुसार ब्राजिलमा नयाँ संक्रमितको संख्या ११ लाख ८८ हजार ६३१ जना पुगेकोे हो । बुधबारसम्मको जानकारी अनुसार यहाँको सरकारले गएको तीन दिनदेखि दिनमा एक हजारभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ । लगातार तीन दिनसम्म एक हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको देखिएको हो ।

ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो । यहाँ मात्र बुधबार ९ हजार भन्दा बढी संक्रमित भेटिएका बताइएको छ । ब्राजिल अमेरिकापछि विश्वमै सबैभन्दा बढी मानिस संक्रमित हुने र मृत्यु हुने देशमा परेकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार