बेलायतमा कोरोना भाइरस संक्रमणमा वृद्धि, एकै दिन थपिए ५३ हजार संक्रमित

२०७७ पुस १५ बुधबार, एजेन्सी । बेलायतमा कोरोना भाइरस संक्रमणमा लगातार  वृद्धि भएको छ। मंगलबार एकै दिन ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ४ सय १४ जनाको मृत्यु भएको छ।

यसअघि सोमबार ४१ हजारभन्दा बढी संक्रमित थपिएका थिए।

यसअघि गत अप्रिल महिनामा बेलायतमा संक्रमण दर उच्चविन्दुमा पुगेको मानिएको थियो। तर अहिले त्यो बेलाभन्दा संक्रमण दर बढी भएको बताइएको छ। विज्ञहरुले क्रिसमसका बेला जमघटमा भएको वृद्धिका कारण संक्रमण दर पनि बढेको अनुमान गरेका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमितको संख्या २३ लाख ८९ हजार ९ सय २६ पुगेको छ भने ७१ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार