२०७७ पुस १५ बुधबार, एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता लिएकोमा बार्सिलोनाका लागि उसमान डेम्बेलेले १० मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए । यस खेलमा ८औ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी मार्टिन ब्रेथवेटले मिस गरेका थिए ।
यस खेलमा लियोनेल मेसी बिना खेलेको बार्सिलोना बराबरीमा रोकिएको छ । यस खेलपछि बार्सिलोना १५ खेलपछि २५ अंक हासिल गरेको छ भने लिगमा छैठौ स्थानमा रहेको छ । त्यस्तै इबरको १६ खेलमा १६ अंकसहित १५औ स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक