२०७७ पुस १५ बुधबार, एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भरहम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि मार्कोस राशफोर्डले खेलको ९३औ मिनेटमा गोल गर्दै जित दिलाएका थिए ।
यो जितपछि युनाइटेड लिगको दोस्रो स्थानमा पुगेको छ । युनाइटेडको १५ खेलमा ३० अंकसहित दोस्रो स्थानमा पुगेको हो । शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा युनाइटेड २ अंकले पछाडी रहेको छ । त्यस्तै वोल्भरहम्पटनको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।
त्यस्तै गएराती भएको सम्पन्न खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले ब्राइटनलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि अलेक्जेन्डर लेकाजेटले खेलको ६६औ मिनेटमा गोल गरेका थिए ।
यो जितपछि आर्सनलको १६ खेलमा २० अंक भएको छ भने लिगको १३औ स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको १६ खेलमा १३ अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित