तत्कालिन एमालेको सम्पत्ति ओली पक्षको भएको दावी, कब्जा गर्न महेश बस्नेत देश दौडाहामा

२०७७ पुस १५ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले तत्कालिन नेकपा एमालेको सवै सम्पत्ति आफ्नो भएको दावी गरेको छ । तत्कालिन एमालेका सवै आफुहरुको भएकाले अर्को पक्षले दावी गर्न नमिल्ने ओली पक्षीय नेकपाका नेता महेश बस्नेतले बताउनुभयो ।

तत्कालिन एमालेका माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु तत्कालिन माओवादीमा गएकाले एमालेको सम्पत्तिमा उहाँहरु पक्षको अधिकार नभएको बस्नेतको भनाई छ । उहाँले तत्कालिन माओवादीको सम्पत्तिमा भने नेकपाको ओली पक्षले कुनै दावी र हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो ।

तर तत्कालिन माओवादी पक्षले तत्कालिन एमाले पक्षको सम्पत्तिमा हस्तक्षेप र दावी गरेमा आफुहरुले पनि उनीहरुको सम्पत्तिमा हस्तक्षेप गर्ने चेतावनी नेता बस्नेतले दिनुभयो । विगतमा पार्टीका लागि सम्पत्ति जोड्ने र कार्यालयहरु बनाउने अभ्यास नेकपाले मात्रै राम्रोसँग गर्न सकेको र अरुले गर्न नसकेको बस्नेतले दावी छ ।

उहाँले एकिकृत भएको नेकपाको अधिकांश कार्यालय र सम्पत्ति तत्कालिन एमाले पक्षकै भएकाले एमालेको मुलधार ओली पक्षमा रहेकाले त्यो सवै सम्पत्ति ओली पक्षीय नेकपाको हुने उहाँले तर्क गर्नुभयो । उहाँले कार्यालय व्यवस्थापनका लागि आफु विभिन्न जिल्लामा पुगेको पनि जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार