बुधवार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२०७७ पुस १५ बुधबार, काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानिय बजारमा बुधवार पहेँलो धातु सुनको भाउ रू. १०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९४ हजार २०० कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. १ हजार ३०५ खरीदविक्री भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदी रू. ५ ले बढेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार