प्रस्तावित मुख्यमन्त्री शाक्यले बोलाइन् संसदीय दलको बैठक

२०७७ पुस १५ बुधबार, काठमाडौं । बागमती प्रदेशकी इन्चार्ज तथा प्रस्तावित मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् ।

शाक्यले बुधबार ११ बजे जनसंगठनको कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । संसदीय दलको बैठक नबस्दा धेरै निर्णयहरु प्रभावित भएको भन्दै उनले बैठक बोलाएकी हुन् ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गत १० पुषमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । जसमा भावी मुख्यमन्त्रीको रुपमा उनै शाक्यलाई प्रस्ताव गरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार