भारतमा काेराेना भाइरसकाे नयाँ लहर : २० जना संक्रमित, नेपालमा कति जाेखिम ?

२०७७ पुस १५ बुधबार, काठमाडौं । भारतमा काेराेना भाइरसकाे नयाँ लहर सुरू भएकाे छ । भारतमा काेराेना भाइरसकाे नयाँ स्ट्रेन सुरू भएकाे हाे, जसबाट अहिले सम्म २० जना संक्रमित भइसकेका छन् । उक्त भाइरस बेलायतमा सेप्टेम्बरमा देखा परेकाे थियाे ।

गत हप्ता मात्रै भारतबाट बेलायतको उडानहरू अस्थायी रूपमा बन्द गरिएकाे थियाे । भारतीय सरकारका अनुसार २५ नाेभेम्बरदेखि २३ डिसेम्बरका बिच बेलायतबाट भारत आएका मानिसहरूकाे कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएकाे बीबीसी हिन्दिले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयकाे प्रेस ब्रिफिङका क्रममा नीति डा. विके पालने भने, ‘भाइरसकाे सुरूवाती चरणमा काबु लिन सहज छ तर एक पटक संक्रमण फैलियाे भने नियन्त्रणमा लिन मुश्किल पर्छ ।’

काेराेनाकाे नयाँ स्ट्रेन अमेरिकामा पनि देखिन थालेकाे छ । नेपालमा पनि सजगता नअपनाए उक्त भाइरस भित्रन सक्ने विज्ञहरूकाे अनुमान रहेकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार