प्रचण्डले ओलीलाई नेता मान्नुपर्ने भएपछि पार्टी फुट्यो- पूर्वमन्त्री कर्णबहादुर थापा

२०७७ पुस १५ बुधबार, काठमाडौं । पूर्वमन्त्री कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेता मान्नुपर्ने भएपछि पार्टी फुटेकाे टिप्पणी गरेका छन् । बुधबार बानेश्वरको कार्की बैंक्वेटमा आयोजित ओली पक्षको वृहत् कार्यकर्ता भेलामा उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘प्रचण्डको स्वभाव भनेको आफैँ सर्वेसर्वा हो । तर, जब उनले ओलीलाई नेता मान्नुपर्ने भयो तब, उनले पार्टी नै फुटाइदिए । ओलीलाई नेता मान्न प्रचण्डको मन मानेन ।’

अहिले पनि कार्यकर्ता भेला जारी छ । प्रधानमन्त्री पनि भेलामा पुगिसकेका छन् । उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार