झलनाथले ओलीलाई साेधे : बालुवाटारको चुल्होमा ग्यास पाइप पुग्यो की पुगेन ?

२०७७ पुस १५ बुधबार, काठमाडौं । सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ‘बालुवाटारको चुल्होमा ग्यास पाइप पुग्यो की पुगेन ?’ भन्दै व्यंग्यात्मक शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रममा उनले साे कुरा बताएका हुन् । केपीले उखान टुक्का हानेरै देश चलाएकाे, विकासका काम नगरेकाे उनकाे आरोप छ ।

उनले भनेका छन्, ‘बालुवाटरमा पनि ग्याँस चुल्हो छ कि छैन खै ? केपी ओलिले गफ मात्र दिए । जथाभावी बोलेर तीन बर्ष बताउनुभयाे । उहाँलाई राष्ट्रलाई उथल पुथल पार्ने अवसर थियो तर उहाँले आफ्नै कारण गुमाउनु भयाे ।’

यस्तै नेता खनालले प्रम ओलीले गुटबन्दी गरेकाे समेत आराेप लगाए । ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा ९ औँ महाधिवेशनमा आफूले दिएको भन्दै ओलीले नारा पनि दिन नसकेको उनकाे भनाइ छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार