खाता रोक्का गर्न नेकपा अध्यक्षद्वय दाहाल र नेपालको बैंकलाई इमेल

२०७७ पुस १६ बिहीबार, काठमाडौं । नेकपाले बैंक खाता रोक्का राख्न आग्रह गर्दै पत्राचार गरेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको बताइएको छ ।

नेकपा कार्यालयबाट पठाइएको इमेलमार्फत यस्तो आग्रह गरिएको हो ।

नेकपा ओली समूहले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार