१२ औँ राष्ट्रिय जनगणना–२०७८ मा उत्साहपूर्वक सहभागी हुन अपिल

२०७७ पुस १६ बिहीबार, काठमाडौं । किरात विद्यार्थी समन्वय समिति काठमाडाैं, किरात राई विद्यार्थी संघ, लिम्बुवान विद्यार्थी मञ्च, सुनुवार विद्यार्थी समाज र किरात याक्खा विद्यार्थी संघले आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुन गइरहेको १२औँ राष्ट्रिय जनगणना–२०७८ मा उत्साहपूर्वक सहभागी हुन आफ्नो समूदायलाई संयुक्त रूपमा अपिल गरेको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो अपिल गरेका हुन् । ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–साँस्कृतिक विशेषतालाई आत्मसात गर्दै समावेशी र समतामूलक समाजको निर्माणार्थ संकल्पित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालका हामी किरात, सुनुवार, राई, लिम्बु, याक्खालगायतले विगतमा सम्पन्न राष्ट्रिय जनगणनामा सहभागिता जनाइ आफ्नो जनगणना गराउँदै आइएको जानकारी सबैमा सर्वविदितै छ’, उनीहरुको अपिलमा भनिएको छ, ‘यसै सन्दर्भमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी वि.सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्ममा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा हामी सबैले हाम्रो वास्तविक मौलिक पहिचानसहितको तथ्यांक टिपाएर राष्ट्र, समाजलाई सहयोग गर्नु पर्ने जिम्मेवारी आएको छ ।’

कार्यक्रममा बोल्दै किरात विद्यार्थी समन्वय समिती काठमाडौँ संयोजक तथा किरात राई विद्यार्थी संघ अध्यक्ष रामचन्द्र राईले चारवटा विद्यार्थी संगठन मिलेर किरात बिद्यार्थी समन्वय समिती बनाएर आफूहरुले कार्यगत एकता गरेको सनुाए । उनले भने, ‘हाम्रो अस्तित्व जोगाउन र हाम्रो पहिचानको लागि सरकारसँग संघर्ष गरिरहेका छौं । जनगणना विभागसँग सही तथ्यांक लेखाउन र टिपाउनको लागि हामी त्यहाँ उपस्थिति हुनेछौँ । तथ्यांक मिथ्यांकमा परिणत नहोस् । नेपाल सरकार र स्थानिय सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार