लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

२०७७ पुस १६ बिहीबार, काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनाेज अग्रवाल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले अग्रवाललाई नियन्त्रणमा लिएको हो ।

अग्रवाललाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

माघ २८ गतेदेखि किसानहरूले आन्दोलन गरेका थिए । भदाै १३ काे सम्झाैतापछि किसाहरू अहिले घर फर्कने तयारीमा छन् । एक किसानकाे मंगलबार काठमाडाैंमै मृत्यु भएकाे छ । हृदयघातका कारण उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार समग्रमा किसानहरूले ९० कराेड बक्याैता पाउन बाँकी छ । सर्लाहीका किसानहरूकाे मात्रै ३६ कराेड बक्याैता लिन बाँकी रहेकाे छ । आन्दोलनका क्रममा ३३ करोड रुपैयाँ बक्यौता उठिसकेकाे छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार