चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

२०७७ पुस १७ शुक्रबार, काठमाडौं । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ। कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो।

त्यसपछि विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार