हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाको जनप्रदर्शन

२०७७ पुस १७ शुक्रबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा जनप्रदर्शन गर्दैछ । हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।

दिउँसो ११ बजेदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन अध्यक्ष कमल थापाले आह्वान गरेका छन् । चुनावमा जसलाई भोट हाले पनि, अहिले जुनसुकै पार्टीमा भए पनि, हामीलाई मन नपराउने भए पनि, यदि हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहनुहुन्छ भने तथा भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन, र सर्वसत्तावादको बिरुद्धमा हुनहुन्छ भने भृकुटीमण्डप पाल्नुहोस् । सबैलाई स्वागत छ । अध्यक्ष थापाले ट्वीटरमार्फत भनेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार