४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७ पुस १९ आइतबार, काठमाडौं । नेपालमा २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजार ८ सयजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । हालसम्म नेपालमा १९ लाख ४८ हजार ५०२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार