सन्दीपको लगातार विकेट, आज पनि लिए एक विकेट

२०७७ पुस २० साेमबार, काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास टि–ट्वान्टी लिग क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध एक विकेट लिएका छन् ।

लेग स्पिनर सन्दीप लामिछानेको औसत प्रर्दशनमा बिग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको छ ।

सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका हुन् ।

सन्दीपले पहिलो खेलमा पनि स्टार्सविरुद्धनै ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए । योसँगै उनले दुई खेलमा विकेट लिन सफल भएका हुन् ।

यसैबीच, सन्दीपको टोली हरिकेन्सलेले जवाफी व्याटिङ सुरु गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार