२०७७ पुस २१ मङ्गलबार, काठमाडौं । म्यानचेस्टर युनाइटेडका ३३ वर्षीय एडिन्सन काभानीमाथि लागेको तीन खेलको प्रतिबन्ध फिर्ता लिन माग गरिएकाे छ । उरुग्वेको खेलाडी युनियनले काभानीमाथि लागेकाे प्रतिबन्ध हटाउन माग गरेकाे हाे ।
बेलायतको फुटबल एसोसिएशनले काभानीमाथि तीन खेलकाे प्रतिबन्ध लगाएकाे छ । काभानीले सामाजिक सञ्जालमा केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लगाइएकाे एसोसिएशन भनाइ छ । उनले एक लाख पाउण्ड जरिवाना समेत तिर्नुपर्ने छ ।
गएको नोभेम्बर २९ मा साउथह्याम्पटनमाथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा काभानीले एक पाेस्ट गरेका थिए । यद्यपी उनले माफी समेत मागेर पाेस्ट डिलेट गरिसकेका छन् । उनले माफी मागिसकेकाे अवस्थामा प्रतिबन्ध लगाउने निर्णयमाथि पनि पुनरावलोकन गर्नुपर्ने उरुग्वेको खेलाडी युनियनले बताएकाे छ ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’