प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन’ पेश गर्ने

२०७७ पुस २२ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६–०७७’ पेश गर्ने भएका छन् ।
भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन पेश गर्न लागेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुनेछ । यहि पुस १७ गते शुक्रवारबाट राष्ट्रिय सभाको अधिवेशन शुरु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार