संसद् विघटनको निर्णय व्यवस्था विरुद्धको कदम होः माधव नेपाल

२०७७ पुस २२ बुधबार, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताउनुभएको छ ।
यो समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताउनुभयो ।
‘घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?’ नेपालले प्रश्न गर्नुयभयो । प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको उहाँको टिप्पणी छ ।

तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने उनले बताउनुभयो । अध्यक्ष नेपालले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको दोहो¥याउनुभयो ।

संविधान संशोधन गर्ने ठाउँ भए पनि संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक व्यवस्था चलाइन नदिइने नेपालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार