२०७७ पुस २३ बिहीबार, काठमाडौं । म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।
जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन पटि सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै रुवेन डियासले आफ्नै पोस्टमा गोल गरेपनि उक्त मुभमा मार्कुस रासफोर्ड अफसाइड ठहरिदा भिएआरबाट गोलले मान्यता नपाउदा युनाइटेडले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो