काँग्रेसले पनि सशक्त आन्दोलन गर्छ : पम्फा भुषाल

२०७७ पुस २३ बिहीबार, काठमाडौं । नेकपाको दाहाल नेपाल पक्षकी नेतृत्व पम्फा भूसालले काँग्रेस पनि विस्तारै शसक्त आन्दोलनमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेस र अन्य दलहरुको सयुक्त आन्दोलन हुने पनि उहाँले दावी गर्नुभयो ।

“उहाँहरु संयुक्त रुपमा आन्दोलनमा आउने तयारीमा हुनुहुन्छ, तर अहिले तत्कालका लागि भने केही प्राविधिक कठिनाइ भएको होला, उहाँहरु चाडै नै संयुक्त आन्दोलनमा आउनुहुन्छ,” उहाँले भन्नुभयो । नेतृ भूसालले आन्दोलन अहिले आफुहरुका लागि रहर नभइ बाध्यता भएको बताउनुभयो ।

अहिले राजनीतिक दलहरुले मात्रै आन्दोलन गरिरहेको बताउदै उहाँले नागरिक अगुवा तथा स्वतन्त्र नागरिकहरु पनि आन्दोलनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको निर्णय जनमत र संबिधान माथि कु भएको भूसालले दावी गर्नुभयो । प्रतिनिधि सभा विघटनको विषयमा छिट्टै निर्णय गर्न सर्वोच्च अदालतलाई पनि उहाँले आग्रह गर्नु भयो ।

संसद पुनस्थापना हुने आधार आफूले देखेको बताउदै न्यायपलिकाले न्याय दिने कुरामा आफु विश्वस्थ रहेको दाहाल–नेपाल समुहकी नेतृ भूसालको भनाई छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार