२०७७ पुस २३ बिहीबार, काठमाडौं । अमेरिकामा पूर्व राष्ट्रपति डाेनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गरेपछि वाशिङ्टन राज्यका मेयरले थप १५ दिनका लागि सार्वजनिक आपत्काल घाेषणा गरेका छन् ।
धेरै मानिसहरू हतियारसहित हिंसात्मक गतिविधिमा संलग्न हुने क्रम जारी रहेकाे भन्दै मेयर म्युरिअल बोसरले सार्वजनिक आपत्काल घाेषणा गरेका हुन् । उनले भनेका छन् – ‘हिंसात्मक गतिविधिमा संलग्न हुनेहरूकाे संख्या बढ्दाे छ । उनीहरूले केमिकलदेखि इँटा, बन्धुकहरू फालिरहेका छन् । उनीहरू हिंसा अझै जारी राख्न चाहन्छन् ।’
अहिले त्यहाँ आम नागरिकको सुरक्षालाई मध्येनजर गर्दै हिंसात्मक गतिविधि कम गर्न कर्फ्यू लगाइएको छ । कर्फ्यू स्थानीय समयानुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ ।
अहिले त्यहाँ थप सुरक्षाकर्मी परिचालित गर्ने तयारी छ । आपत्काल घाेषणा भएसँगै आगामी जनवरी २१ तारिखसम्म यसलाई जारी राखिनेछ । २० तारिखमा ट्रम्प ह्वाइट हाउस प्रवेश गर्ने कार्यक्रम रहेकाे छ ।
ट्रेन्डिङ
अब संसदमा चार दल‚ कसका कति सांसद ?
ओलीलाई नेपालको आग्रह– राजीनामा दिएर थोरै भएपनि नैतिकता बचाउनुस्
म प्रधानमन्त्रीको रेसमा छैन : देउवा
‘यो देश दलितको पनि हो’ (फोटो फिचरसहित)
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह