ओली प्रवृत्ति अहिलेको समस्या भएको माधव नेपालको भनाइ

२०७७ पुस २३ बिहीबार, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताउनुभएको छ ।

नागरिक समाजका अगुवाहरुसँग आज भएको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गर्नुभयो ।

त्यही बोले वापत आफूलाई खेदेको भन्दै उहाँले कार्यशैली सुधारका लागि पार्टीमा आवाज उठाएको बताउनुभयो । कोरोना लगायतका जनताका मुद्दाहरुमा पार्टीभित्र विवाद बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुको केही नलागेको उहाँको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार