भारतमा बर्डफ्लु, नेपाल उच्च जोखिममा

भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ ।

भारतका विभिन्न राज्यमा ठूलो संख्यामा बर्डफ्लुका कारण कुखुरा मेरका समाचार आइरहेका छन । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन ।

नेपाल–भारत खुला सीमाका कारण त्यसको जोखिम नेपालमा पनि उच्च रहेको सरकारी अधिकारीहरुले बताएका छन । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले नेपालमा पनि जोखिम न्यूनिकरण गर्न विभागअन्र्तगतका निकायलाइ सतर्क रहन निर्देशन दिएको बताउनुभएको छ ।

यस्तै, भारतमा बर्डफ्लु देखा परेपछि सरकारले भारतबाट आयात हुने कुखुराजन्य पदार्थ तथा दाना आयातमा रोक लगाएको छ ।
खुला सिमानाका कारण नेपालमा उच्च जोखिम रहेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयातमा रोक लगाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार