देउरालीले सुरु गर्याे युजन खत्री बचाउ अभियान

२०७७ पुस २४ शुक्रबार, काठमाडौं । मनोरन्जन, श्रष्टा सम्मान,प्रतिभाको खोजी,मानवीय सेवालाई निरन्तरता दिने मुख्य उद्देश्यका साथ सुरु गरीएको लोकप्रिय कार्यक्रम देउराली डिजिटल मार्फत युजन खत्री बचाउ अभियान सुरु गरीएकाे छ । ओखलढुङ्गा घर भई हाल कपन बस्ने ६ वर्षिय युजन खत्रीलाई ब्लड क्यान्सर भएकाे छ ।

आर्थिक स्थिती निकै कमजाेर हुँदा ‘कालिन्चाेक फाउन्डेसन नेपाल’ र ‘देउराली डिजिटल’काे तर्फबाट युजन खत्रीलाई सहयाेग गरीएकाे हाे । ‘मानवीय सेवा नै धर्म हाे’ मुल नाराका साथ अघि बढेकाे ‘देउरालीले आर्थिक अवस्था कमजाेर भएका व्यक्तिहरुलाई विविध मानविय सेवाका कार्यहरु गर्ने प्रतिबद्धता खबरकुञ्जमाझ जाहेर गरेकाे छ ।

बाल गायक युनिस खत्रीकाे कक्षा दशसम्मकाे शैक्षिक सत्र पुर्ण गर्न Pioneer Public School र कालिन्चाेक फाउन्डेसन नेपालद्वारा छात्रवृत्ती प्रदान गरीएकाे छ । युजन खत्रीलाई सहयाेग गर्न चहानुहुनेले एनएमबि बैंक लिमिटेड खाता नं : ०७५०१८००५६२७८६०००००१मा रकम पठाउनसकनुहुन्छ” भनेर कार्यक्रम सञ्चालक दिनेश खड्काले बताउनुभएकाे छ ।

Video

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार