अमेरिकामा तीव्र रुपमा फैलिँदै कोरोना, दुई करोडमा संक्रमण भएकाे अनुमान

२०७७ असार १२ शुक्रबार, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमण थपिँदो क्रममा रहेको छ। अमेरिकी स्वास्थ्य निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सिडिसी)ले २ करोड मानिसहरुमा कोरोना सम्पर्कमा पुगिसकेकाे प्रक्षेपण गरेकाे छ । हालसम्म अमेरिकामा २३ लाख ८१ हजार बढीमा कोरोना पुष्टि भइसकेको छ भने एक लाख २१ हजार बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

बिहीवारमात्र अमेरिकामा थप ३९ हजार ३२७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। वासिङट्न पोस्टका अनुसार यो एकै दिनमा संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो।

बुधवार ३४ हजार ३०० जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै अमेरिकाका कतिपय सहरहरुमा सजगता अपनाउन थालिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार