राष्ट्रिय सभाको बैठक आज पनि बस्ने, सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने

२०७७ पुस २६ आइतबार, काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउसो १ बजेपछि संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा विधेक सम्वन्धी ठोस कार्यसूची नभएपछि समसामयीक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।

प्रतिनिधि सभा र त्यस अन्तर्गतका संसदीय समितिहरु विघटन भएकाले राष्ट्रिय सभामा विधेयक सम्वन्धी काम हुन नसकेकाले बैठक भाषणमा सिमित हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार