थपिए २५९ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

२०७७ पुस २६ आइतबार, काठमाडौं । नेपालमा आज थप २५९ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५१३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ५८ हजार ४ सय ४१ जना पुगेको छ । त्यस्तै देशभर हाल सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४२२ छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९१७ रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार