पिएसएलको ड्राफ्ट आज, कति छ सन्दीपको मूल्य ?

२०७७ पुस २६ आइतबार, काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) टि–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज हुँदैछ ।

पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । ड्राफ्टमा नेपालका १० खेलाडी रहेका छन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा छन् । यो सर्वाधिक उच्च मूल्यको क्याटेगोरी हो ।

यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले एक लाख ४० हजार देखि दुई लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यस्तै, राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्कासहित अन्य नौ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार