२०७७ पुस २७ साेमबार, काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपालका खेलाडीहरु अनसोल्ड भएका छन् ।
पाकिस्तानको लाहोरमा आइतबार भएको ड्राफ्टमा नेपालका खेलाडी अनसोल्ड भएका हुन् । पीएसएलको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेसहित १० खेलाडी परेका थिए ।
लेग स्पिनर सन्दीप प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा रहेका थिए । पीएसएलमा सन्दीप लगातार दोस्रो सिजन क्लब विहीन भएका हुन् । गत सिजन समेत उनी अनसोल्ड भएका थिए ।
त्यसअघि उनले लाहोर क्वालन्डर्सबाट खेलेका थिए । यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका थिए ।
यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका थिए । तर, ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड भए ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो