२०७७ पुस २७ साेमबार, काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले उक्त कुराको जानकारी सामाजिक संजाल ट्विटरमार्फत् दिएका हुन् । अहिले आमा छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो भएको उनले बताएका छन् ।
विराटले ट्विटरमा लेखेका छन् –‘हामी दुबै जना ज्यादै खुशी छौ, किनकी आज हामीलाई पुत्री लाभ भएको छ । तपाईँहरु सबैको माया र शुभकामनाको लागि हामी हार्दिक आभारी छौं । अनुष्का र छोरी दुबैको अहिले स्वास्थ्य अवस्था ठिक छ । हामीले जिन्दगीको नयाँ अध्याय सुरु गर्दैछौं । अहिले हामी थोरै मात्रामा भएता पनि गोपनिएता चाहन्छौं भन्ने कुरा तपाईँहरु सबैले बुझिदिनु हुनेछ ।’
क्रिकेटर विराट र अभिनेत्री अनुष्काले सन् २०१७ मा बिहे गरेका थिए । घरमा छोरीको आगमन पश्चात विराटले अनुष्कालाई समय दिने भन्दै क्रिकेटबाट केही समयका लागि छुट्टी लिएकाे भारतीय सञ्चार माध्यमले जनाएको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’