चाबहिलमा अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित

२०७७ पुस २८ मङ्गलबार, काठमाडौं । चाबहिल यातायात व्यवस्था कार्यालयले अनिश्चितकालका लागि सवारी अनुमतिपत्र लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै अनिश्चितकालका लागि दुवै परीक्षा स्थगित भएको जनाएको हो ।

परीक्षा निगरानी गर्न ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा स्थगित गरिएको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार