२०७७ पुस २८ मङ्गलबार, काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् । प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले सोमबार नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
प्रवक्ता विष्टका अनुसार गायक प्रमोद खरेललगायत केही कलाकारहरूले प्रतिलिपि अधिकार उल्लंघनकाे आरोपमा उनीविरुद्ध जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीले रेग्मीलाई साेमबार नियन्त्रणमा लिएकाे हाे ।
सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । अब उक्त मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालत पुग्ने र अदालतले यसबारे फैसला गर्ने प्रवक्ता विष्टले बताए ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’