बार्सिलोना सुपरकपको फाइनलमा

२०७७ माघ १ बिहिबार, काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुग्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोनाले फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको कोर्डोबामा रहेको नुभो आकन्जेल रंगशालामा भएको खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो । खेलको ३९औँ मिनेटमा बार्सिलोनाका लागि फे्रन्की डी जोङले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।

५१औँ मिनेटमा रियल सोसिडाडका लागि माइकेल ओयरजाबलले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा समेत कुनै पक्षबाट गोल नहुँदा खेल टाइब्रेकरबाट पुगेको थियो ।

टाइब्रेकरबाट बार्सिलोनाले ३-२ ले जित हात पार्न सफल भयो । एन्टोनी ग्रिजम्यान र पहिले गोल गरेका फ्रेन्की डी जोङले पेनाल्टीमा गोल गर्न सकेनन् । बार्सिलोना यस खेलका नियमित कप्तान मसीबिना मैदानमा उत्रिएको थियो ।

सुपरकपको साबिक विजेता रियल मड्रिडले दोस्रो सेमिफाइनलमा एथ्लेटिको बिल्बाओसँग खेल्नेछ । सो खेलको विजेताले उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार