२०७७ माघ १ बिहिबार, काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि ‘कामचलाउ’ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका स्थायी समिति सदस्यहरुलाई चुनावको माहौल बनाउन निर्देशन दिएका छन् ।
बिहीबार माघे संक्रान्ति मनाउन भनेर बालुवाटार बोलाइएका सदस्यहरुलाई ओलीले १७ र २७ बैशाखमा तय भएको आम चुनावको माहौल बनाउन निर्देशन दिएका हुन् ।
संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्गका अनुसार प्रधानमन्त्री ओलीले आ–आफ्नो क्षेत्रमा चुनावी माहौल बनाउन निर्देशन दिएका हुन् । उनका अुनसार भेटमा सर्वोच्चमा परेको रिटको सुनुवाइको विषयमासमेत साधारण छलफल हुनेछ ।
बुधबार मात्रै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर चुनावका आगामी कार्यक्रम अघि नबढाउन आग्रह गरेका थिए । जवाफमा आयोगले सर्वोच्च अदालतले निर्देशन दिएको खण्डमा थप कार्यक्रम अगाडि नबढाउने बताएको थियो ।
यसअघि हिजै दुवै नेकपाले आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा पत्र पठाएका छन् । २१ पृष्ठ लामो पत्र आयोग पठाएका ओलीले अरुको सामग्रीलाई अभिलेखीकरण नगर्न आग्रसमेत गरेका छन् भने आफैँ आधिकारिक नेकपाको अध्यक्ष रहेको बताएका छन् ।
यता दाहाल–नेपाल पक्षले पनि आफूहरुसँग बहुमत सदस्यहरु भएको बताउँदै आफूहरु वैधानिक भएको दाबी गरेको छ ।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित