बैशाखमा चुनाव गर्ने प्रधानमन्त्री ओलीको उद्देश्य र चाहना नै छैन– माधव नेपाल

२०७७ माघ २ शुक्रबार, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य र चाहना नभएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले देशभर जहाँसुकै गएपनि पार्टीमा ओलीको बहुमत कहीँ पनि नभएको बताउनुभयो ।

‘पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्नुहुन्न, मेरो निर्णय पार्टीको निर्णय हो भन्नुहुन्छ,’ उनले भन्नुभयो । व्यक्ति संगठनको मातहतमा हुने र संगठन बहुमतको मातहतमा हुने विधानमा नै रहेका नेपालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार