२०७७ माघ २ शुक्रबार, काठमाडौं । ‘संसारकै सबभन्दा शक्तिशाली अस्त्र’ भएको दाबी गर्दै उत्तर कोरियाले नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ ।
उत्तर कोरियाको क्रान्तिकारी सशस्त्र फौजहरूले सैनिक परेडको अवसरमा पनडुब्बीबाट प्रहार गरिने उक्त शक्तिशाली ब्यालिस्टिक मिसाइलका साथै अन्य मिसाइलहरुको समेत प्रदर्शन गरेको थियो । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उक्त प्रदर्शनको अवलोकन गर्नुभएको थियो । उत्तर कोरियाको ‘प्रधान शत्रु अमेरिका’ रहेको नेता किमले बताउँदै आउनुभएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको शपथ ग्रहणको केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामथ्र्य प्रदर्शन गरेको हो । अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रमभन्दा अघि सैनिक सामथ्र्य प्रदर्शन गर्नुलाई उत्तर कोरियाले आफ्नो नीति प्रष्ट पारेको विश्लेषकहरूले बताउछन् ।
यसअघि नदेखिएका अस्त्रहरू समेत उत्तर कोरियाले प्रदर्शन गरेको विश्लेषकहरू बताउछन् ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’