अब हातहातबाटै सरकारी सुविधा : सरकारद्वारा ‘नागरिक एप्स’ सार्वजनिक

२०७७ माघ २ शुक्रबार, काठमाडौं । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।

मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नागरिक मोबाईल एप उद्घाटन कार्यक्रम मार्फत नागरिक मोबाइल एप्सको सुरुवात भएको घोषणा गर्नुभएको हो ।अनलाइनबाटै नागरिकता, राजधानी, प्यान लगायतका धेरै सरकारी सेवाहरू लिन सक्ने छन् । एप्स मार्फत शैक्षिक प्रमाण पत्र तथा मददाता नामावलीको विवरण समेत हेर्न सकिनेछ । एप्स मार्फत सरकारलाई गुनासो समेत गर्न सकिने व्यवस्था एप्समा छ ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले, ‘अब हात हातबाटै सरकारी सुविधा लिन सक्ने’ बताउनुभयो । उहाँले नागरिक एप्स मार्फत अब बिदाका दिन पनि सरकारी सुविधा लिन सकिने बताउनुभयो ।

सरकारले तीन वर्ष अगाडी नीति तथा कार्यक्रममा राखेको नागरिक एप्स तीन वर्ष पछि कार्यान्वयनमा आएको हो । सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना, तथा कार्यक्रममा राखेको थियो ।

एप्स प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सिमम प्रयोग भएको मोबाइलबाट गुगलको प्ले स्टोरबाट एप्स डाउनलोड गरी यो सुविधा लिन सकिने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार